रुकुम पश्चिम महोत्सव आजबाट सुरू

रुकुम पश्चिम – रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आजदेखि सुरु हुँदै छ । नगरपािलकाकाे वडा नं. १ स्थित बराहटाकुरामा महात्सव सञ्चालन हुन लागेको हो ।

महोत्सवकाे आयोजना रूकुम उद्योग वाणिज्य संघ र सह-आयोजना कला संस्कृति, पर्यटन प्रवर्द्धन मञ्चले गरेका हुन् ।

आज हुने उद्घाटन समारोहमा जिल्लास्थित सरोकारवाला सबैलाई आमन्त्रण गरिएको जनाएकाे छ । महोत्सव उद्घाटन कार्यक्रममा स्थानीय झाँकी तथा स्थानीय र राष्ट्रिय कलाकारहरूको पनि प्रस्तुति रहने छ ।

महोत्सवमा आज प्रबेश निशुल्क गरिएकाे छ भने भोलीबाट टिकट शुल्क लाग्ने छ । महोत्सवमा प्रबेशका लागी १ सय रुपैंया टिकट शुल्क लाग्ने बताइएको छ ।