वीरेन्द्रनगरमा राजा वीरेन्द्रको शालिक पुनःस्थापना

सुर्खेत – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा राजा वीरेन्द्रको जन्म जयन्तीको अवसर पारेर शालिक पुनःस्थापना गरिएको छ । स्वतन्त्र सुर्खेतबासी जनता समूहले राजाको शालिक पुनःस्थापना गरेको हो ।

राजाको प्रतिमा पुनःस्थापना गरिएको उक्त चोकमा २०६२–०६३ को जनआन्दोलन अघि राजा वीरेन्द्रको शालिक स्थापित थियो । २०६२–०६३ को जनआन्दोलन हुँदा सालिक हटाइएको थियो ।

वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्र चोक पुनःनिर्माण गरेपनि सालिक राख्ने वा नराख्ने विषयमा भैरहेको विवाद का बिच नगरपालिकासँग समन्वय नगरी स्वतन्त्र सुर्खेतबासी जनता समूहले आज सालिक राखेको हो ।

सुर्खेत स्व. राजा वीरेन्द्रको मनपर्ने ठाउँ भएको र यहाँको विकासमा स्व. राजाको योगदानलाई सम्मान गर्दै अहिलेलाई अर्धकदको सालिक पुनःस्थापना गरिएको बताईएको छ।