देशभर थप १,५६२ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा १५६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार मंगलबार १४४४३ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

पिसिआर विधिबाट १०२६६ जना र एन्टिजेनबाट ४१७७ जनाको परीक्षण भएको छ।

त्यस्तै, १५८९ संक्रमित निको भएका छन्।

संक्रमणबाट पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा १०९८४ जनाको मृत्यु भएको छ।

यस्तै, काठमाडौं उपत्यकामा थप ४०४ कोरोना संक्रमित थपिएका छन्।

काठमाडौंका २९४ , ललितपुरका ६२ र भक्तपुरमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यस्तै १० वर्ष मुनिका ३७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १०० जना कोरोना संक्रमित थपिएका छन् ।