कांग्रेसले ‘घरघर जाऊँ कांग्रेस जिताऊँ’ अभियान चलाउने

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियान सार्वजनिक गरेको छ । पार्टीका सबै संरचनालाई स्थानीय निर्वाचनमा केन्द्रीत गर्ने निर्णय गर्दै कांग्रेस कार्यसम्पादन समितिको बैठकले अभियान घोषणा गरेको हो ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार आगामि फागुन २० देखि चैत २० गतेसम्म देशैभरी सो अभियान सञ्चालन हुनेछ। महतले भन्नुभयो । ‘हामीले स्थानीय निर्वाचन लक्षित अभियान गर्ने निर्णय गरेका छौं, यो अभियानको नाम घरघर जाऔं , कांग्रेस जिताऔं हुनेछ।’

बैठकले स्थानीय निर्वाचनको घोषणापत्र लेख्ने लगायतका आवश्यक समिति परामर्शमा गठन गर्ने अधिकार सभापति शेरबहादुर देउवालाई दिएको छ ।

त्यसैगरी कांग्रेसले म्याद सकिएका भ्रातृ संस्थाका केन्द्रीय कार्यसमिति भंग गर्ने निर्णय पनि गरेको छ।