जुम्लामा ५० करोडमा प्रदेशकै नमुना रङ्गशाला निर्माण हुने

जुम्ला – जुम्लामा अत्याधुनिक रङ्गशाला निर्माण हुने भएको छ । जुम्लाको चन्दननाथ नगरपालिका -५ मा अवस्थित राजासिममा सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाको ५० करोड लगानीमा सुविधायुक्त रङ्गशाला निर्माण हुन लागेको हो।

अबको २ वर्षमा सुविधायुक्त रङ्गशाला सहितका अन्य संरचना निर्माण हुने छन्। सघन सहरी विकास कार्यक्रम’ अन्तर्गत रङ्गशाला बन्न लागेको हो । रङ्गशालाका लागि टेण्डर आह्वान भइसकेको छ ।

कुल ५० करोड लगानी मध्ये १३ करोड लागतमा रङ्गशाला निर्माण हुने छ । भन्ने बाँकी ३७ करोड लागतमा बाहिरका अन्य सुविधायुक्त संरचना बन्ने छन्। दुई वर्ष भित्र निर्माण हुने अत्याधुनिक रङ्गशाला भित्र विभिन्न ११ वटा संरचना निर्माण हुने छन् ।

यस्तै सघन सहरी विकास कार्यक्रम अन्तर्गत डोल्पाको ठुली भेरी नगरपालिकामा २५ करोड लागतमा रङ्गशाला र माथिल्लो कर्णालीका ८ जिल्लाका कार्यक्षेत्रमा सडक भवन लगायतका २५ वटा आयोजना निर्माण गरिरहेको छ ।