रूकुम पश्चिमकाे सानीभेरी गापा -५ का वडा अध्यक्षको मृत्यु

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष अल बहादुर खत्रीको मृत्यु भएको छ ।

४१ बर्षका वडा अध्यक्ष खत्रीको सोमबार बिहान काठमाडौको मेडिसिटी अस्पतालमा निधन भएको हो । खत्रीकाे उपचारकै क्रममा मृत्यु भएको हाे ।

लामो समयदेखि कलेजो, मृगौला र फोक्सोको समस्याले ग्रसित मृतक खत्रीको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियाे ।

मृतकका दुई छोरा र एक श्रीमती हुनुहुन्छ ।