सकारात्मक परिणाम निकाल्न एकढिक्का भएर अघि बढौ: महामन्त्री रोकाय

नेपाली काङ्ग्रेस कर्णाली प्रदेशका महामन्त्री कृष्ण बहादुर रोकायले आगामी स्थानीय तहको निर्वाचनमा सकारात्मक परिणाम निकाल्न एकढिक्का भएर अगाडी बढ्नु पर्ने बताउनु भएको छ । नेपाली काङ्ग्रेस चाैरजहारीको नियमित जनभेटघाट तथा सचेतना अभियान अन्तरगत आज चाैरजहारि नगरपालिका वडा न १० मा भएको कार्यक्रममा बोल्दै महामन्त्री रोकायले उक्त कुरा बताउनु भएको हो ।

नेपाली काङ्ग्रेस चौरजहारीले स्थानीय निर्वाचन लक्षित जनभेटघाट तथा सचेतना अभियान अन्तरगत पहिलो चरणका कार्यक्रम संचालन गरिरहेको र आज उक्त कार्यक्रम चौरजहारी नगरपालिका वडा न १० मा पाँच सय बढी सर्वसाधारणको उपस्थितिमा सम्पन्न भएको नेपाली काङ्ग्रेस चौरजहारी नगर कार्य समिती सचिव लक्ष्मण ओलीले जानकारी दिनु भयो ।

कार्यक्रमा बोल्दै महामन्त्री रोकायले आउदाे चुनाबकाे तयारीमा लागि सकारात्मक परिणाम निकाल्ने गरि एक ढिक्का भएर अगाडि बढ्नु पर्ने बताउनु भयो। रोकायले  रुकुमकाे निर्बाचनले केन्द्रीय राजनितिमा पनि महत्त्व  राख्ने बताउदै  माओवादी केन्द्रले केन्द्रिय स्तरमा काङ्ग्रेस सङ्ग सहकार्य गर्ने तर रुकुम लगायतका स्थानीय तहमा काङ्ग्रेस कार्यकर्तालाई दुख दिने दोहोरो चरित्र अपनाईरहेको हुदा आउदो निर्वाचनमा मतदान मार्फत काङ्ग्रेसलाई विजयी बनाई विभिन्न खाले अनियमिततालाई दन्डित गर्नु पर्ने बताउनु भयो ।
कर्णाली प्रदेश महामन्त्री कुष्णा बहादुर राेकायकाे प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा एमाले र माओवादी कार्यकर्ताले पार्टी प्रबेश गरेको र कार्यक्रममा कर्णाली प्रदेश सदस्य सीता ओली,महासमिति सदस्य मनिषा भण्डारी,महाधिवेशन प्रतिनिधि मनमाेहन शाह,नगर सभापति प्रेम ब. ओली नगर सचिब लक्ष्मण ओली लगायतले आफ्नो धारणा राख्दै याे पटककाे निर्वाचन पार्टिलाई जिताउना दिनरात नभनि रणनितिक याेजना सहित अगाडि बढने प्रतिबद्धता जनाउनु भएको नगरकार्य समिती सचिव ओलीले बताउनु भयो ।

उक्त कार्यक्रममा प्रदेश महाधिवेशन बाट निर्बाचित रोकाय र महामन्त्री र सदस्य सीता ओली लगायतलाई नगरकार्यसमितिले सम्मान  गरेकाे थियो ।