सल्यान – पुष्पलाल स्मृति प्रतिष्ठान कर्णाली प्रदेशकाे भेला सम्पन्न भएकाे छ । विरेन्द्रनगर सुर्खेतमा भएकाे भेलाले सर्बसम्मत नया कार्य समिती चयन गरेको छ ।

प्रतिष्ठानका प्रदेश अध्यक्ष एव पार्टी पाेलिटव्युराे सदस्य चन्द्र वहादुर शाहीकाे अध्यक्षतामा भएकाे भेलाले कर्णाली प्रदेशको अध्यक्षमा बसन्त कुमार बिकलाई चयन गरेको हो ।
भेला वरिष्ठ उपाध्यक्षमा धर्म वहादुर शाही (मुगु), उपाध्यक्ष मायाराम अधिकारी (दैलेख), महासचिव रमेशकुमार गौतम (सल्यान), सचिव सुरज परियार (रूकुम पश्चिम), कोषाध्यक्ष विमला थापा (सुर्खेत) चयन हुनुभएको छ ।
यस्तै सदस्यहरूमा गणेश वहादुर शाही (डोल्पा), आदिप्रशाद न्यौपाने (जुम्ला), छक्क वहादुर धरला (डोल्पा), कमान खडका (जाजरकोट), रविन्द्र वहादुर शाही (कालिकोट) देउकली थापा मगर (सुर्खेत) र पवित्रा देवकोटा (हुम्ला) रहनुभएको छ ।
सल्लाहकार समितिमा चन्द्र वहादुर शाही, देवी ओली र शिव प्रशाद उपाध्याय चयन हुनुभएको छ ।
पुष्पलाल स्मृति प्रतिष्ठानको पहिलो वैठकले माघ पहिलो साता सम्म प्रदेशका दश वटै जिल्लामा जिल्ला समिति निर्माण गर्ने, वैक खाता खोल्ने लगाएतका निर्णयहरू गरेको प्रतिष्ठानका नवनिर्वाचित सचिव सुरज परियारले जानकारी दिनुभयो ।

हेलो कर्णाली । २२ पुष २०७८, बिहीबार १९:१५