त्रिलोचन गिरीको अध्यक्षतामा तरुण दल वडा कार्यसमिती गठन

रुकुम पश्चिमको चौरजहारी नगरपालिका-१ मा त्रिलोचन गिरीको अध्यक्षतामा नेपाल तरुण दल वडा कार्यसमिति गठन गरिएको छ । नेपाली काङ्ग्रेस चौरजहारी नगरपालिका-१ का  वडा सभापती यज्ञश बिष्टको सभापतित्वमा भएको कार्यक्रमले गिरीको अध्यक्षतामा २१ सदस्यीय वडा कार्यसमिति गठन गरेको हो ।

त्रिलोचन गिरी अध्यक्ष रहेको कार्यसमितिको उपाध्यक्षमा शंकर बि.क र केशव गोसाई, सचिवमा यदु लामिछाने, सहसचिवमा दमन आचार्य र कोषाध्यक्षमा शसिराम बिष्ट चयन हुनु भएको छ।
यसैगरि वडा कार्यसमितिको सदस्यमा बामदेव बस्नेत, रमेश बि.क., मुकुन्द लामिछाने, महेन्द्र बिष्ट, बहादुर बिष्ट, मधु बि.क., निराजन बि.क., डिल बहादुर बिष्ट, सचित थापा, दिपक भाट, लक्ष्मण प्रसाद शर्मा, मिसर लामिछाने, तुल्सी लामिछाने र दिपेश डाङ्गी रहनु भएको छ ।

नेपाली काङ्ग्रेस रुकुम पश्चिम प्रदेश सभा(ख)का क्षेत्रीय सभापति भद्र बहादुर बिष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि तुफैल अहमद खा, तरुण दलका जिल्ला उपाध्यक्ष एवं प्रदेश प्रतिनिधि जितेन्द्र बुढाथोकी लगायतले नेपाल तरुण दल  वडा कार्यसमितिका नव निर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।