रुकुम पश्चिमको सानीभेरी गाउँपालिका- ११ अर्मापाखामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आइतबार बिहान ३ बजेतिर ग १ ज ४४५४ नम्बरको जीप दुर्घटना हुँदा सानीभेरी गाउँपालिका-९ का ३१ वर्षीय जीवन भण्डारीको मृत्यु भएको हो।
भण्डारीको घटनास्थलमै मृत्यु भएको र दुर्घटनामा परी २ जना घाइते भएका छन्। घाइते हुनेमा सानीभेरी- ३ का १९ वर्षीय समीर परियार र १० का २९ वर्षीय तिलक खड्का रहेको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि चौरजहारी लगिएको प्रहरीले जनाएको छ।

हेलो कर्णाली । २४ आश्विन २०७८, आईतवार ०८:२६