सल्यानमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको बाग्चौर नगरपालिका-८ कोटमोलाको भित्री सडकखण्डमा रा १ त ३८५७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरले च्यापिएर कुमाख गाउँपालिका-६ बडागाउँका १९ वर्षीय जनक बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।