कर्णालीका सबै पालिकामा पानीको शुद्धता मापन गर्ने अभियान सुरु

 

कर्णालीका सबै पालिकामा पानीको शुद्धता मापन गर्ने अभियान सुरु भएको छ । कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले कर्णालीका सबै गाउँ–गाउँमा पानीको शुद्धता मापन गर्ने उपकरण स्थापना गर्ने भएको हो ।

विज्ञसहितको टोलीले दश जिल्लाबाट आएका दश कर्मचारीलाई २४ फगुनदेखि २६ फागुनसम्म तालिम दिएर सबै पालिकामा काम गर्ने गरी जिल्लामा पठाएको छ । पानीको शुद्धता मापनका लागी प्रत्येक जिल्लामा दुई लाख ९० हजार मेसिन समेत पठाएको हो ।