
नेपाली चलचित्रमा कलाकार बन्ने सपना बोकेर २०६८ साल तिर पोखरा देखि काठमाडौ आएका नवीन लम्साल ले सुरुवात मा र्याम्प सो हरु गरेका थिए ।
अभिनय, नित्य र एक्सन मा राम्रो तालिम लिएका नबिन ले थुप्रै सिनेमा अनि म्युजिक भिडियो हरु मा सानो सानो क्यारेक्टर मा अभिनय गर्दै सिनेमा ‘राहदानी’ बाट करिअर सुरु गरेका थिए उनको दोस्रो सिनेमा ‘कारखाना’ थियो । उनी प्रमुख भुमिका मा रहेको नयाँ सिनेमा ‘चिसो स्ट्रे’ रिलिजको तयारीमा छ ।

५ फिट १० इन्च अग्ला झट्ट हेर्दा आकर्षक देखिने नबिन ले पछिल्लो समय युवा पुस्ता मा चर्चित सृजना खत्री को “मेरो एक्स को छम्मा ” बोल को गित मा मुख्य भुमिका निभाएका थिय ।
अभिनय मा अस्कार कलेजबाट स्नातक गरेर ‘पास आउट’ भएका नविन लम्साललाई निर्देशक मुकुन्द भट्टले एक्स ९’सिनेमामा अनुबन्ध गरेका हुन् ।एक्स ९’ मा उनको भूमिका महत्त्वपूर्ण रहने बताइएको छ । अहिले सौगात , अनमोल , पुष्प , राज र नवीन ले एक्सन र जिम ट्रेनिङ गरिरहेका छन् । निर्देशक भट्टका अनुसार, चार महिनासम्म ट्रेनिङ चल्नेछ र पौषदेखि छायांकन सुरु हुनेछ फिल्म ‘एक्स नाइन’को छायाँकन नेपालबाट सुरु भएर आबुधाभी, युरोप, क्यानडा र अष्ट्रेलियासम्म पुग्नेछ ।
सिनेमा को कथा निर्देशक भट्ट र किंग योगीले संयुक्त रुपमा तयार पारेका हुन् । गोल्डेन हिल्स पिक्चरको प्रस्तुतिमा निर्माण हुन लागेको सिनेमामा राजिव तामाङ, विरेन कुँवर, सुबोध भट्ट र गोकुल कुँवर निर्माता रहेका छन् ।

हेलो कर्णाली । १३ आश्विन २०७८, बुधबार १७:३१