गजल

-लोकेन्द्र भण्डारी    

छोडेर जानेहरुको लागि जिन्दगी फाल्न सकिँदैन
तिमी डोरी चुडेको चङ्गा हौ भुइँमा बसाल्न सकिदैन

गुरु!समयमै ध्यान दिनोस् आफ्ना हरचिजहरुमा
ब्रेक फेल भैसकेपछि गाडी सम्हाल्न सकिदैन

मन भित्र कसैको मन राख्दा होस गरेर राख्नु
कतै कालो दाग लाग्यो भने पखाल्न सकिँदैन

तिम्रो पश्चाताप पनि ब्यर्थ हुनेछ त्यो समय पछि
खसिसकेको आँसु डिलमाथि उकाल्न सकिदैन

बारबार उनकै तस्बीर देखिएर म हैरान भएकोछु
भन्दिनोस् न, मन सिसा जस्तै फुटाल्न सकिदैन?