
मलाई फूल बन्नु छैन
मलाई फूल बन्नु छैन
जस्को नियति फक्रनु र झर्नु हुन्छ
सजिनु र सजाउनु हुन्छ
जस्को काम चुडिएर मुस्कुराउनु हुन्छ
समातेर निमोठिनु हुन्छ
साच्चै मलाई फूल बन्न मनै छैन
जस्को अस्तित्व आफ्नै जिवन संग
अलगिएपछि सुरु हुन्छ,,
चुढिएपछि सुरु हुन्छ
मलाई चुढिनु छैन जीवन संग
नत्र फेरी मलाई मै बाट अलग्याएर
कसैले सजाउँला आफ्नो बिस्तारा
नत्र फेरी मलाई चुडेर त्यो पथ्थरको
चरणमा चढाउँछन्
नत्र फेरी मलाई कसैले आफ्नो
कुप्रेमको प्रतिक बनाउला ।
मलाई फूल बन्नु छैन ।

हेलो कर्णाली । २९ कार्तिक २०७८, सोमबार १०:२६