काठमाडौं – सरकारले आजदेखि दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी सरकारले आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउँदैछ । चामल, सीमी, फापर, नुन, चिनीका साथै खसीबोका र दुग्धजन्य पदार्थ सुपथ मूल्य पसलमा बिक्री गरिनेछ ।

कात्तिक २४ गतेसम्म सञ्चालन हुने सुपथ मूल्य पसल देशभरका ३९ स्थानमा सञ्चालन हुने छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सुपथ मूल्य पसलमा अन्य पसलभन्दा प्रतिकिलो ५ देखि १० रुपैयाँ सम्म कम पर्नेछ । सुपथ मूल्य पसलबाट बिक्री हुने मोटा/मसिनो चामल र चिनीमा प्रतिकिलो ५ रुपैयाँ, सीमी/फापर र खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट हुनेछ भने नुनमा २ रुपैयाँ छुट गरिनेछ ।
दसैं, तिहार र छठ पर्वको यो समयमा पेट्रोलियम पदार्थको आपूर्तिलाई पनि सहज बनाउन मन्त्रालयले नेपाल आयल निगमलाई निर्देशन गरेको छ ।

हेलो कर्णाली । १ आश्विन २०७८, शुक्रबार १०:५२