आज १५११ संक्रमित थपिए, १६८९ निको भए

पछिल्लो २४ घण्टामा नेपालमा १५११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार बिहीबार पिसिआर विधिबाट ११२०८ जना र एन्टिजेनबाट ३९७१ जनाको परीक्षण गर्दा १५११ जना कोरोना संक्रमित थपिएका हुन्। त्यस्तै, १६८९ संक्रमित निको भएका छन् भने संक्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ।

हाल सक्रिय संक्रमित २५७७२ छन्।