सुर्खेतमा भन्सार छलीका खाद्ध्य सामान बरामद

सुर्खेत – प्रहरीले जिल्लाको भेरीगंगा नपाकाे बबई चेक प्वाईन्टमा सवारी चेकजाँचका क्रममा करिब ३० लाख रुपैयाँ बराबरको अबैध विभिन्न सामान बरामद गरेको छ ।

चेक पोष्टबाट खटिएको प्रहरी टोलीले विभिन्न सवारी साधनको चेकजाँच गर्ने क्रममा अबैध भन्सार छलि गरि ल्याईएका चिनी, प्याज, केराउ, कपडा र सुर्ती बरामद गरेको जिप्रकाका प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए ।

बा५ख–६२०६ नम्वनरको फोर्स गाडीबाट १२५ किलो चिनी, लु२ख–५७८४ नम्वरको फोर्स गाडीबाट २५ किलो चिनी र ३० किलो प्याज, ना३ख–४२७५ नम्वरको फोर्स गाडीबाट ११० किलो चिनी, ३० किलो केराउ र ७५ पोका सुपरपावर सुर्ती, भे१ज–९२१ नम्वरको जीपबाट ४० किलो चिनी र २५ पोका सुपरपावर सुर्ती तथा ना४ख–४६३९ नम्वरबो बसबाट ११५ पीस कुर्ता–सुरुवाल, ना५ख–५६०८ नम्वरको फोर्स गाडीबाट १ सय किलो प्याज र लु२ख–४९७ नम्वरको हाईस गाडीबाट ७५ किलो चिनी वरामद गरिएको हाे ।

आवश्यक कार्वाहीका लागि आजै अबैध बरामद सामान भन्सार कार्यालय नेपालगञ्ज पठाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालयले जनाएकाे छ ।

पछिल्लो समय जिल्लामा राजश्व छली गरेर सामानकाे ओसार पसारमा वृद्धि भए सगैं अबैध समान बरामदमा वृद्धि भएको छ ।