होस्टेल जाँदै गरेकी किशोरीमाथि सामूहिक बलात्कार


दाङको तुलसीपुरमा एक १५ वर्षीया छात्रालाई नर्सरीमा लगेर बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

शनिबार बेलुकी घरबाट होस्टेल जान थालेकी कक्षा १० मा अध्ययनरत छात्रालाई बलात्कार गरेको आरोपमा तुलसीपुर हरिपौराका २१ वर्षीय अशोक चौधरी र अर्का किशोरलाई प्रहरीले पक्राउ गरेकाे छ।

किशोरी स्थानीय बोर्डिङ स्कुलको होस्टेलमा बस्दै आएको र शुक्रबार घर गई शनिबार होस्टेल फर्किंदै गर्दा बलात्कृत भएको जाहेरीमा पक्राउ गरीएकाे ईप्रका तुलसीपुरले जनाएकाे छ ।

सुरूमा एक जना किशोरले ललाइफकाइ ती किशोरीलाई तुलसीपुर गैरागाँउस्थित नर्सरीमा पुर्‍याएको र त्यही दुबैले सामूहिक बलात्कार गरेको भन्ने पीडितको जाहेरीमा उल्लेख छ।

घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ।