सातै प्रदेशका १७ डीआईजीको अदलीबदली [सूचीसहित]

काठमाडौं– उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारी लिएका रवि लामिछानेले गृह मन्त्रालय सम्हालेपछि पहिलो पटक १७ प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरेका छन्। गृह मन्त्रालयले बिहीबारको निर्णयअनुसार उनीहरूको काज सरुवा गरेको हो।

मन्त्रालयका अनुसार डीआईजीहरू टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण वज्राचार्य, सन्दीप भण्डारी र सुदीप गिरिको सरुवा भएको छ।

यसैगरी भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोख्रेल, बुद्धिराज गुरुङ र दुर्गा सिंहको पनि काज सरुवा भएको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए।

गृह मन्त्रालयको नेतृत्वमा रवि लामिछाने आएपछि पहिलो पटक प्रहरी उच्च अधिकारीको सरुवा भएको हो।