खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्री बन्दै

गण्डकी प्रदेशमा सत्तारुढ गठबन्धनको तर्फबाट एमाले नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारी मुख्यमन्त्री बन्ने हुनुभएको छ ।

अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गर्नुभएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार बेलुका ४ बजेसम्म सरकार गठनका लागि समय दिनुभएको छ ।

गठबन्धनका तर्फबाट एमाले संसदीय दलका नेता अधिकारीले मुख्यमन्त्री दाबी गर्ने हुनुभएको हो । कास्की क्षेत्र नम्बर १ (१) बाट प्रदेशसभामा निर्वाचित भएका अधिकारी स्वास्थ्य मन्त्री र गृहमन्त्री भइसक्नुभएको छ । एमालेले मुख्यमन्त्रीको रूपमा अधिकारीलाई प्रदेशमा उठाएको थियो ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा सरकार बनाउन ३१ सदस्यीय आवश्यक पर्छ । एमालेसँग २२, माओवादीको ८ सिट छ । केन्द्रीय गठबन्धनका सामेल भएको राष्ट्रिय प्रजातन्त्र पाटी राप्रपाको गण्डकीमा २ सिट छ । यी तीन वटा दल मिलेर गण्डकीमा ३२ सिट पुग्छ ।

सत्ता गठबन्धनले आइतबार बेलुकासम्म औपचारिक निर्णय गरे बेलुका नै सरकारको दाबी पेस गर्ने तयारी छ ।