सुनको मूल्य साताको अन्तिम दिन आज १ हजार ३ सय रुपैयाँले बढेको छ ।
तोलामा सुन ९६ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको छ । हिजो तोलाको ९५ हजार ४ सय रुपैयाँ थियो । केही दिनयता सुनको मूल्य लगातार बढिरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा नै मूल्य बढेकाले नेपाली बजारमा पनि महँगो भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेज रत्न शाक्यले बताउनुभयो ।
उहाँका अनुसार सुनको मूल्य अझै बढ्ने सङ्केत छ । अमेरिकामा अहिले भइहेको मध्यावधि चुनावको असर सुनमा परेको शाक्यले बताउनुभयो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
हेलो कर्णाली । २५ कार्तिक २०७९, शुक्रबार ११:२८