काठमाडौं जोरपाटीको सर्वनाम शिक्षालयका प्रिन्सीपल ढुण्डीराज शिवाकोटी र उनकी पत्नीलाई महानगरीय प्रहरी वृत्त वौद्धले नियन्त्रणमा लिएको छ । यौन दुर्व्यवहारका आरोपित होस्टल वार्डेन रामजी बस्नेत भने फरार छन् ।
छात्राहरुले यौन दुर्व्यवहारको घटनाबारे अभिभावकलाई जानकारी गराएपछि शनिबार अभिभावकहरु होस्टल पुगेका थिए । उनीहरुले होस्टलमा नाराबाजी गर्नुका साथै घटनाको अनुसन्धान र दोषीलाई कारबाहीको माग गरेका छन् ।
घटनाबारे जानकारी लिन खोज्दा प्रिन्सीपल दुर्गानाथ शिवाकोटीले दुव्र्यवहार गरेको भन्दै अभिभावक आक्रोशित भएका थिए ।
महानगरीय प्रहरी वृत्त वौद्धका डीएसपी ढुण्डीराज न्यौपानेले घटनाको विषयमा सोधपुछ गर्न उनीहरुलाई नियन्त्रणमा लिएको बताए । ‘विद्यार्थीहरुले घटनाबारे जेठ १९ गते नै जानकारी गराएका रहेछन्, तर उहाँले केही गर्नुुभएन भन्ने अभिभावकको गुनासो छ, हामीले सोधपुछका लागि नियन्त्रणमा लिएका हौं’ उनले भने ।
यौन दुर्व्यवहारको विषयमा जाहेरी दिन अभिभावकहरु पनि प्रहरी वृत्त वौद्धमा पुगेका छन् ।
हेलो कर्णाली । २१ जेष्ठ २०७९, शनिबार १६:३६