सल्यानको कुमाख गापामा काँग्रेस-एमाले गठबन्धनका मानबहादुर विजयी

सल्यान – सल्यानकाे कुमाख गाउँपालिकाकाे अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका मानवहादुर वुढाथोकी विजयी हुनुभएकाे छ । बुढाथाेकी ४०५८ मत ल्याएर विजयी हुनुभएको हाे ।

बुढाथोकीले उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका डिल्लीराज जैसीलाई ४६ मतले पराजित गर्दा  जैसीले ४०१२ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा एमालेका लालबहादुर रावत गठबन्धनबाटै विजयी हुनुभएको छ । उहाँले ४१४३ मत प्राप्त गर्नुभएको हो । उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रकी धनसरा मल्लले ३९४३ मत ल्याउनु भएको छ ।

यस्तै अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिनुभएका लालचन्द रावतले ४ सय ५२ मत प्राप्त गर्नुभएको छ ।

२०७४ को चुनावमा गापाकाे अध्यक्ष र उपाध्यक्ष दुवै पदमा निर्वाचित भएकाे माओवादीकाे गढ मानिएकाे कुमाख गाउँपालिकामा गठबन्धनले विजय हाँसिल गरेकाे हाे । गाउँपालिकाकाे वडा न २, ३ र ४ नेपाली कांग्रेसले र वडा न १, ५,६ र ७ माओवादी केन्द्रले जितेका छन् ।

सल्यानमा केन्द्रिय गठबन्धन अनुसारकाे सहमति हुन नसकि कांग्रेस र एमाले बिच गठवनधन भएकाे हाे ।