रुकुम पश्चिम सानीभेरीका २ जना माओवादी केन्द्र परित्याग गरि काँग्रेसमा प्रवेश

काठमाडौं – रुकुम पश्चिमको सानीभेरी गाऊपालिकाका २ जना नेकपा माओवादी केन्द्र परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन ।

नेपाली काँग्रेसका महामन्त्री गगन थापा निवास रातोपुलमा सानीभेरी गाऊपालिका माओवादी केन्द्र सम्बद्द सयुक्त दलित मुक्ति मोर्चाका सदस्य गोपाल शेर्पाली र अखिल क्रान्तीकारीका विद्यार्थी नेता खिम प्रकाश खड्काले नेपाली काँग्रेसमा प्रवेश गरेको तरुण दल रुकुम पश्चिमका सहसचिव तेज बिष्टले बताए ।

नवप्रबेसीहरुलाई नेपाली काँग्रेसका महामन्त्री गगन थापा एवम रुकुम पश्चिमका नेताहरुले टिका तथा खादा लगाएर स्वागत गरेको सहसचिव बिष्टले बताए ।