महासंघद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ रुकुमद्वारा बडा दशैँ ,तिहार तथा छठ पर्व २०७८ को अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम मुसिकोट मा सम्पन्न भएको छ।

चाडपर्वको अवसरमा शान्ति, अमनचयन र भातृत्वको कामना गर्दै शुभकामना आदान प्रदानको कार्यक्रम आयोजना गरिएको महासंघका अध्यक्ष लक्ष्मण केसीले बताउनु भयो ।

कार्यक्रममा उपस्थित अतिथि तथा सहभागिहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेको सो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य खेममान खड्का, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य महेन्द्र केसी, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि खड्क बहादुर डाँगी, नेकपा जिल्ला ईन्चार्ज बिश्व शर्मा, प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रे, नरसिंह दल गणका प्रमुख सेनानी गोविन्द भुजेल, सशस्त्र प्रहरीका प्रहरी नायव उपरिक्षक प्रेम सिंह धामी, उद्योग वाणिज्य संघका अध्यक्ष पहल बहादुर खड्का, पत्रकार महासंघ रुकुमका सस्थापक अध्यक्ष नारायण कुमार शाह लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक डेकेन्द्र शर्मा, बार इकाई रुकुम पश्चिमका अध्यक्ष गणेश हमाल, ओरेकमा जिल्ला अधिकृत दीपा धिताल, इन्सेकका जिल्ला प्रतिनिधि मनिषा केसी, प्रेस सेन्टरका जिल्ला संयोजक मेगराज खड्का, प्रेस युनियनका केन्द्रीय पार्षद प्रविर ददेल, जनपत्रकार संगठनका गमानसिं घर्ति लगायतको सहभागिता रहेको थियो ।

नेपाल पत्रकार महासंघ रुकुमका सचिव हिरा परियारले संचालन गर्नु भएको सो कार्यक्रमको प्रमुख अतिथि मुसिकोट नगरपालिकाका उप प्रमुख प्रेम कुमारी सुनार रहनु भएको थियो भने स्वागत मन्तब्य महासंघका उपाध्यक्ष सिजन बाठामगर ले राख्नु भएको थियो,कार्यक्रमको अध्यक्ष्यता नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष लक्ष्मण केसीले गर्नु भएको थियो ।