हेलो कर्णाली समाचार प्रभाव : सुधार हुदै ‘भाईरल’ बाटो

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं १ को ‘भाईरल’ बाटो भनेर चिनिएको सडक मर्मत सुधार भएको छ । गत शनिबार यस बिसयमा हामीले समाचार प्रकाशन गरे पछी सामाजिक संजाल लगायत सबै तिर व्यापकता पाउनुका साथै दबाब सिर्जना गरेको थियो ।

सम्बन्धित समाचार :

चौरजहारीको भाईरल बाटो, सुधारको जिम्मेवारी कसको ?

चौरजहारीको मुटुमा रहेको बाटो सानो पानी पर्दा मात्रै पनि हिलाम्य हुने र वैकल्पिक बाटो समेत नभएको हुदा आवतजावतमा समस्या आएको भन्दै लामो समय देखि सरोकारवाला निकायलाई स्थानीयले घच्घच्याउदा समेत बाटोको हालत जस्ताको त्यस्तै रहेको भन्दै सामाजिक संजालमा व्यापक आक्रोश पोखिन थाले पछी हामीले समाचार प्रकाशन गरेका थियौ ।

चौरजहारी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तेज बिष्ट (ओके) र  निर्माण व्यावसायी  रिम प्रसाद शर्मा (हिमाल)को पहलमा उक्त बाटोमा लाग्ने वालुवा  गिट्टी वापतको राजश्व चौरजहारी नगरपालिकाले छुट गरिदिए पछी करिव एक लाख पचास हजारको खर्चमा क्याराभान कन्स्ट्रक्सन उक्त बाटोको सुधार तथा मर्मत गरेको कम्पनीका साईट इन्चार्ज यम बहादुर रोकायले बताउनु भयो । “स्थानीयहरुको आग्रहलाई नकार्न नसकी कम्पनिकै खर्चमा भएपनि बाटो मर्मत गरिदिएका हौ, दिर्घकालिन समाधानका लागी भने सम्बन्धित निकायले नै पहल कदमी लिई काम गर्नु पर्ने हुन्छ” साईट इन्चार्ज रोकायले भन्नु भयो ।