
छैन अचेल बदनमा बल बुढाे भए की?
छाेरा नाति गर्दैछन छल बुढाे भए की?
पाखुरा बाट सिङ्गाे घर औंठामा सरिगाे
खुट्टामा छैन चहल-पहल बुढाे भए की?
कागजकाे थ्याे जिन्दगानी चङ्गा बनाएँ
बर्षात भए सारा अडकल बुढाे भए की?
सिरानी हैरान छ मेराे मनकाे हल्लाले
दुनिया गर्छ नसुनेकाे नक्कल बुढाे भए की?
-निम्बा
सल्यान
हेलो कर्णाली । २ फाल्गुन २०७८, सोमबार १८:३५