
टाढाबाट…….धेरै परबाट
दुई दिन
दुई खुट्टाको साहारामा
मात्र दुई माना चामल माग्न आईपुगेको छु सदरमुकाम
र
दुई घण्टा भयो लाईन लागेको !
दुई हात जोडेर बिन्ति बिसाऊदै छु,
हाकिम साब !
लेऊ यो ! नागरिकताको चिर्को
र
देऊ, तम्रो पेट अघाएर
बचेको भए दुई-चार दाना चामलका ।
अलि अबेला भैगो। साहेब !
घरमा ‘बा’ फर्केपछि
भात खान पाईन्छ भनेर रित्तो पेट चुलो छेऊ ,
रित्तो बटुको खेलाऊदै बसेकि छे छोरी
ए…हाकिम साहेब गलीगली !
यता हेर्नुहोस् न ?
यता सुन्नुहोस् न ?
उता हाकिमको फुन् बज्छ !
संवाद सुरु हुन्छ “अ…मेरो छोरीले के खायो ! चिचि माम् पो खाको !
सो स्विट् “!
-प्रकाश’प्रकालिकोटश’
रास्कोट नगरपालिका
कालिकोट कर्णाली , नेपाल

हेलो कर्णाली । ६ माघ २०७८, बिहीबार २०:०१