
भारतमा कोभिड संक्रमण फेरि तिब्र रूपमा बढ्न थालेपछि राजधानी नयाँ दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यू लगाइएको छ।
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरुको संख्या बढेपछि राज्य सरकारले सोमबारबाटै लागू हुने गरी राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाउने निर्णय गरेको हो।
राति ११ बजेपछि बजार, पसल, तथा मानिसको आवतजावतमा पूर्ण रूपमा प्रतिबन्ध लगाइनेछ। अन्य समयमा मास्क लगाएर हिँड्ने तथा सामाजिक दूरी कायम गरी स्वास्थ्य सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ।
नयाँ भेरियन्टका बिरामी र अधिकांश संक्रमित नयाँ दिल्लीमा देखिएका छन्।
यसअघि छिमेकी राज्य उत्तर प्रदेश र हरियाणामा शनिबारदेखि नै रात्रीकालिन कर्फ्यू लागिसकेको छ।

हेलो कर्णाली । १२ पुष २०७८, सोमबार १०:२७