नेपाली कांग्रेसका नेताहरू बाट सिफारिस गराएर गाउँका युवाहरूको नेपाल प्रहरीको जवान पदमा नाम निकालिदिएको स्टाटस लेख्ने प्युठान ऐरावती गाउँपालिका-१ का ३० वर्षीय नरेन्द्र गुरुङ पक्राउ परेका छन् ।
उनले गृहमन्त्री बालकृष्ण खाँणको सहयोगमा प्युठानका ११ जना र देशभरबाट ४१ जनाको नाम निकाल्न सफल भएको फेसबुकमा लेखेका थिए ।

हेलो कर्णाली । २६ भाद्र २०७८, शनिबार १५:२८