रुकुम पश्चिम – नेपाली कांग्रेसको विरेन्द्रनगर सुर्खेतमा सम्पन्न कर्णाली प्रदेस अधिबेशनमा रुकुम पश्चिमका ४ जना नेताहरु निर्वाचित भएका छ्न। १ महामन्त्री र ३ जना सदस्य गरी ४ जना नेताहरु निर्वाचित भएका हुन।

महामन्त्रीमा कृष्ण बहादुर रोकाय ४ सय २३ मत सहित बिजयी भएका छन। उपसभापतिका उमेदवार तिलक भण्डारी भने पराजित भएका छन। भण्डारीले २ सय ७० मत प्राप्त गरेका थिए।
सदस्यहरुमा भुगोल अन्तरगत बलबिर गोसाई ४ सय १७ मतका साथ बिजयी भएका छन। उनी चौरजहारी नगरपालिकाका मेयर का प्रत्यासी हुन। उनका प्रतिद्वन्दी जनक चन्दले २ सय ६४ मत प्राप्त गरेका थिए।
त्यसैगरी महिलामा सीता ओलि निर्विरोध चयन भएकी थिइन् भने खुल्ला सदस्यमा रिप बहादुर ओलि ४ सय मत ल्याएर बिजयी भएका छन। खुल्ला सदस्यमा ६ जनाकालागी १४ जनाको उम्मेद्बारी परेको थियो।

हेलो कर्णाली । १९ मंसिर २०७८, आईतवार २२:२२