नेपाली काँग्रेस रुकुम पश्चिमको नयाँ नेतृत्व चयनका लागि सातौं जिल्ला अधिवेशन जिल्ला सदरमुकाम मुसिकोटमा सुरु भएको छ । पूर्व राज्य मन्त्री एवम् नेपाली काँग्रेसका पाका नेता गोपाल जि जंग शाहले पानसमा बत्ति बाली बिरुवामा पानी हालेर अधिवेशनको उद्घाटन गर्नुभएको थियो । अधिवेशनमार्फत पार्टीको प्रदेश अधिवेशन र १४ औंं राष्ट्रिय महाधिवेशनमा भाग लिने प्रतिनिधिहरु पनि चयन गर्ने जनाइएको छ।
मुसिकोटको बराह टाकुरामा उद्घाटन सुरु हुनु अघि बाजा गाजा सहित काँग्रेसका नेता कार्यकर्ताले बजार परिक्रमा गरेका थिए भने उद्घाटन कार्यक्रममा बिभिन्न पालिकाहरु बाट आएका झाँकि तथा साँस्कृतिक प्रस्तुतीहरु समावेश गरिएका थिए । कांग्रेसका नेता कार्यकर्ता सहित सर्वसाधारणको बाक्लो उपस्थिती रहेको उद्घाटन सत्रमा बोल्ने अधिकांश नेताहरुले सहमतिबाटै काँग्रेस रुकुमको नेतृत्व चयन हुनुपर्नेमा जोड दिएका थिए ।
सहमतिमै नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न गर्ने जनाएको कांग्रेसले उद्घाटन सत्र लगत्तै बन्द सत्रको आयोजना गर्ने र बन्द सत्रको छलफल पछी नेतृत्व र प्रतिनिधिहरुको सहमति बाटै टुंगो लाग्ने बताईएको छ।
बाहिर सहमतिको लागी प्रयास भै रहेको भानियता पनि जिल्ला काँग्रेसको उच्च स्रोतका अनुसार जिल्ला सभापतिमा प्रेम प्रकाश ओलीलाई नै निरन्तरता दिने सहमति भैसकेको छ, बाकी अन्य पद र प्रतिनिधिहरुमा पनि लगभग सहमति भैसकेको छ । अन्य केहि प्राबिधिक कुरा मात्र मिलाउन बाकी छ र त्यो मिले पछी भोली नै घोषणा सभा मार्फत सार्वजानिक गरिने कांग्रेस स्रोतले बतायो ।
जिल्ला भरि बाट १ हजार २ सय ४४ क्षेत्रिय प्रतिनिधिको सहभागीता हुने सातौ जिल्ला अधिवेशनले ३७ सदस्यीय जिल्ला कार्यसमिति, २५ जना महाधिवेशन प्रतिनिधि, ३४ जना प्रदेश प्रतिनिधि चयन गर्ने जनाईएको छ ।

हेलो कर्णाली । ६ मंसिर २०७८, सोमबार २२:३२