माघ १९ मा सुदर्शन थापा को चलचित्र “म यस्तो गित गाउछु २ ” रिलिज हुने

लभ स्टोरी चलचित्र निर्देशनमा अगाडि देखिने सुदर्शन थापा ले सामाजिक सन्जाल फेसबुक मार्फत प्रदर्शन मिति सार्बजनिक गर्नु भएको छ।

कुनै एक चलचित्र मात्र नभई पुरै नेपाली चलचित्र क्षेत्रनै चलायमान हुनु अहिलेको आवश्यकता हो र

सोहि उद्देश्यका साथ चलचित्र “म यस्तो गीत गाउछु – २” माघ १९ मा प्रदर्शन मिति घोषणा गरेको बताउनु भयो ।

सुदर्शन थापा र नायिका पूजा शर्माको निर्माणमा तयार भएको यो चलचित्रका सहनिर्माता जन्मजय साम्पाङ राई हुन् ।

चलचित्रमा नायिका पूजा शर्मा, नायक पल शाहको साथमा कलाकारहरु हरिहर शर्मा, दिनेश डीसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी लगायतको मुख्य भूमिका छ।

चलचित्रमा सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी छ । शिवम् अधिकारी र दिनेश न्यौपानेको पटकथा रहेको चलचित्रमा सुदर्शन थापाको कथा, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन छ ।

दर्शकले प्रतीक्षा गरेको चलचित्रमा समावेश ‘तिम्रो घरको वरिपरि’ र ‘दुःखको काँडा’ बोलको गीत सुपरहिट भइसकेको छ । चलचित्रको ट्रेलरलाई पनि दर्शकले अत्याधिक मन पराएका छन् ।

प्रेमकथा मा आधारित चलचित्रलाई प्रेम दिवसको छेको पारेर माघ 19 मा रिलिज गर्ने निर्णय गरेको निर्माण पक्ष ले बताएको छ ।