उमेश चन्द ठकुरीको “माया गर्छु म” छिट्टै बजारमा

मोडल तथा सर्जक उमेश चन्द ठकुरीको “मायागर्छु म” बोलको लोकदोहोरी गीत छिट्टै बजारमा आउने भएको छ ।
बिगत लामो समय देखि लोक गीत सङ्गीतको क्षेत्रमा कृयाशिल सर्जक उमेश चन्द ठकुरीको शब्द रहेको गीतमा चर्चित गायिका समिक्षा अधिकारी र बिर्ख बिश्वकर्माको स्वर, अर्जुन सापकोटाको संगीत र केशब बढुको एरेन्ज रहेको छ । आरभ प्रोडक्सनले बजारमा ल्याउन लागेको उक्त लोकदोहोरी मारुनी स्टुडियोमा रेकर्डिङ्ग गरिएको हो ।
काठमान्डौका आसपासका रमणीय क्षेत्रमा भिडियो सुटिङ गरिएको उक्त गीतमा उमेश चन्द ठकुरी,साया भन्डारी,आमोस र लक्ष्मीनाथ तिमिल्सिनाको अभिनय रहेको छ भने भिडियो विक्रम चौहानले निर्देशन गरेका हुन ।
मोडल तथा सर्जक उमेश चन्द ठकुरीका अनुसार भिडियोमा केही प्राबिधिक कुरा बाकी रहेकोले उक्त कार्य सम्पन्न हुने बित्तिकै दशै अघि नै बजारमा आउने छ। सबैको मेहनतले गीत र भिडियो राम्रो बनेको छ बिगतमा झै यस पल्ट पनि दर्शक र श्रोताको माया उसै गरी पाईनेमा बिश्वस्त रहेको कुरा मोडल ठकुरीले बताउनु भयो ।