असोज २१ देखि देशभरका फिल्म हल खुल्ने

whatsapp sharing button

घटस्थापनाका दिन (असोज २१) देखि देशभरका फिल्म हल खुल्ने भएका छन्।

चलचित्र संघका महासचिव अशोक शर्माका अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर हल खोलिने भएको हो।

चलचित्र संघका महासचिव शर्माका अनुसार सुरुको दिन अंग्रेजी फिल्म ‘फास्ट ए्न्ड फ्युरियस ९’ प्रदर्शन गर्ने तयारी छ।

कोरोना महामारीका कारण दुई वर्षदेखि फिल्म हल बन्द छन्, चलचित्रसम्बन्धी गतिविधि प्रायः ठप्प छन्।  

यसअघि नै बीचमा काठमाडाै उपत्यकालगायतका फिल्म हल खोल्ने प्रयास भए पनि निर्माताहरूले फिल्म प्रदर्शन नगर्दा बन्द भएका थिए।