मेयर निर्वाचित भए पछि सरकारी सेवा सुबिधा नलिने घोषणा

आसन्न स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेस र एमालेका तर्फबाट मेयरमा साझा उमेदवारका रुपमा रहनु भएका प्रेम बहादुर वलीले आफु मेयर निर्वाचित भए पछि तलब भत्ता लगायत कुनै पनि सरकारी सेवा सुबिधा नलिने घोषणा गर्नु भएको छ । चौरजहारी नगरपालिकाको  वडा न १२ र १३ मा भएका संयुक्त चुनावी सभामा बोल्दै मेयरका उम्मेद्बार वलीले उक्त घोषणा गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुखका उमेदवार प्रेम बहादुर वलीले कसैको लोभ लालच र धम्की सङ नडराई निर्धक्क भएर नेपाली काङ्ग्रेस र नेकपा एमालेका साझा उमेदवारहरुलाई मतदान गर्न अपील गर्नु भएको थियो । आफुहरु निर्वाचित भए पछि कोहि कसैलाई निराश हुनु नपर्ने बताउनु भएका वलीले एकताबद्ध भएर अघि बढे जीत सुनिश्चित भएको धारणा राख्नु भयो ।

गठबन्धनका तर्फबाट नगर उपप्रमुख पदका उमेदवार टंक प्रसाद वलीले हरेक चुनावमा खस्किदै गएको जनमतले अबको केही बर्षमै माओवादी केन्द्र नामको पार्टीको अस्तित्वनै मेटिने बताउदै सचेत जनताले अब चौरजहारी बाट अधिनायकवादी भ्रष्टाचारी लगायत सबैखाले विभेद र कुरितीको अन्त्यका लागि काङ्ग्रेस एमालेका उमेदवारलाई मतदान  गर्नु पर्ने बताउनु भयो

नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि एवं कार्यक्रमका प्रमुख अतिथि मनमोहन शाहले चौरजहारीको माटो शहिदहरुको रगतले भिजेको हुदा शहिदको सम्मानको लागि पनि काङ्ग्रेस एमाले गठबन्धनका उमेदवारलाई विजयी बनाउनु पर्ने बताउनु भयो । शाहले भन्नू भयो ” सम्पत्तिका लोभीहरुले ५ बर्षमा कुरुप बनाएको चौरजहारी अब हामी सबै मिलेर सुन्दर बनाउनु छ, त्यसका लागि हामी सबैको हातेमालो आवश्यक छ, भ्रष्टाचारीहरुलाई मतदान मार्फत झापड दिनु पर्ने छ ।”