चौरजहारीमा माओवादीबाट निर्वाचित जनप्रतिनिधि एमाले प्रवेश

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्र बाट निर्वाचित जनप्रतिनिधि सो पार्टी परित्याग गर्दै नेकपा एमाले प्रवेश गर्नु भएको छ । गत स्थानीय तहको निर्वाचनमा चौरजहारी नगरपालिका वडा नं ३ मा माओवादी केन्द्रका तर्फबाट निर्वाचित वडा सदस्य  टिकाराम बस्नेत सहित ५० जना नेकपा एमालेमा प्रबेश गर्नु भएको एमाले नेता  एवं संघिय सांसद तिर्था गौतमकी स्वकीय सचिव कौशिला केसी ले जानकारी दिनु भयो ।

नेकपा माओबादी केन्द्रको वडा सचिव समेत रहनु भएका बस्नेत लगायत नवप्रवेशीहरुलाई नेकपा एमालेका सांसद तथा नेकपा एमाले केन्द्रिय सदस्य तिर्था गौतमले एक कार्यक्रम बीच पार्टी प्रवेश तथा स्वागत गर्नु भएको थियो ।

एक विज्ञप्ति जारी गर्दै वडा सदस्य बस्नेतले माओवादीमा चरम अवसरवाद हावी भएको, भ्रष्टाचार र उदण्डता मौलाएको र नातावाद कृपावादका कारण श्रमजीवी आन्दोलन कमजोर हुदै गएको कारण आफुले माओवादी केन्द्र छोडी नेकपा एमाले प्रवेश गरेको बताउनु भएको छ । २०३६ सालदेखी नेपाल कम्युनिष्ट  पार्टिमा रहि जनताको सेवामा निरन्तर सक्रिय  बस्नेत सो क्षेत्रमा लोकप्रीय व्यक्ति हुनुहुन्छ । वडा सदस्य बस्नेत लगायतको प्रवेश संगै अब चौरजहारी नगरपालिका वडा नं ३ मा नेकपा एमाले सबै भन्दा बलियो पार्टी भएको सांसद स्वकीय सचिव कौशिला केसीले बताउनु  भयो ।