‘चिसो एष्ट्रे’चैत्र ४ गते देखि देश ब्यापी प्रदर्शन मा

नेपाली चलचित्र ‘चिसो एष्ट्रे’चैत्र ४ गते देखि देश ब्यापी प्रदर्शन मा आउने भएको छ । भूपि शेरचनको ‘चिसो एष्ट्रे’ शीर्षकको कविताबाट प्रभावित रहेको निर्देशक दिनेश पाल्पाली ले बताउनु भयो ।
‘चिसो एष्ट्रे’कविताको अंश
“यहाँ जो आउँछन्
मुटुभरि आगो, ओठभरि ज्वाला बोकेर आउँछन्
यहाँ जो बस्छन्
हत्केलाभरि खरानी र आँखाभरि धुवाँ बोकेर बस्छन्
र यहाँबाट जो जान्छन्
पोल्टाभरि निभेका विश्वासहरु र सपनाहरु सोहोरेर जान्छन्
यस्तो छ यो चारभञ्ज्याङ खाल्टो
एउटा चिसो एष्ट्रे जस्तो छ ।” – भूपि शेरचन
गाउँ बाट सहरमा झरेपछि मानिसहरु आफूलाई स्थापित गर्ने होडमा हुन्छन् र आधुनिक बन्न खोज्ने युवाहरुको यात्रा र यात्राका क्रममा भेट्ने अरु यात्रुको कथा लाई मुख्य चार चरित्रमार्फत मानिसको अन्तरयात्रा देखाउन खोजिएको छ चलचित्र का एक मुख्य पात्र नवीन लम्साल ले बताउनु भयो।
पछिल्लो समय मा समाजिक संजालहरु मा चलचित्र को टिजर र रोबिन तामाङको गीतलाई राम्रो प्रतिक्रिया आइरहेको छ । दिनेश पाल्पालीले निर्देशन गरेको फिल्ममा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल र रबिन तामाङको मुख्य भूमिका छ ।
निर्देशक पाल्पालीकै लेखन रहेको फिल्ममा अजर जंगमको संगीत छ । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । प्रवीण स्याङ्बा र सुष्मिता पराजुली निर्माता रहेको फिल्मको सह-निर्मातामा रुपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा छन् । फिल्ममा उज्जल बस्ताकोटीको छायांकन र उज्ज्वल ढकालको सम्पादन छ ।