रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा अवस्थित शीतल क्याम्पसको क्याम्पस सभा नेपाली काङ्ग्रेस र नेकपा एमालेले बहिष्कार गरेका छन। एक विज्ञप्ति जारी गर्दै उक्त दलहरुले आज हुन गैरहेको क्यापस सभा बहिष्कार गरेको बताएका हुन ।
माओवादी केन्द्रको नेत्तृत्वमा रहेको स्थानीय सरकारको निर्देशनमा स्थानीय सरोकारवाला लाई वेवास्ता गर्दै क्यापस प्रशासनले क्षेत्र र अधिकारको मर्मलाई कुल्चेर विधान सभा गरेको र निश्चित व्यक्ती र समूहको स्वार्थपूर्तिका लागी लागि पार्षद छ्नौट गरि क्याम्पस सभा गर्न लागेकोले एकलौटी ढङ्गबाट हुने क्याम्पस सभा बहिष्कार गरिएको बताएका छन ।
नेपाली काङ्रेस चौरजहारी नगर कार्यसमिती सभापति प्रेम बहादुर ओली र नेकपा एमाले चौरजहारी नगर कमिटि अध्यक्ष अतिराम ओलीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ “संस्थाको विकास र सम्बर्द्धनका लागि सधै प्रतिवद्दता जाहेर गर्दै सबैको सर्वपक्षीय भेला बाट रीतपुर्वक बिधान सभा गर्न र सोही अनुसार क्याम्पसको समिती गठन गर्नुका साथै अन्य कार्यहरु गर्न माग गर्दैछौ।”

हेलो कर्णाली । २२ माघ २०७८, शनिबार १६:२०