शनिबार देशभर ९९४ जनामा कोरोना संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज शनिबार पछिल्लो २४ घण्टामा नेपालमा ९९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ६१३७ पीसीआर परीक्षणमा ७७७ जना र ३७०३ एन्टिजेन परीक्षणमा २१७ जना गरी ९९४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ र संक्रमणमुक्त हुनेको संख्या १३६८ रहेको छ । यो संख्या गत चैतमा कोरोना महामारीको दोस्रो लहर सुरु भएयताको सबैभन्दा कम हो ।