कांग्रेसको महिला केन्द्रीय सदस्य(आरक्षण)को नतिजा सार्बजानिक (सूची सहित)

काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महिला आरक्षण कोटाबाट ९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

सोमबार सार्वजनिक मत परिणाम अनुसार डिला संग्रौला पन्त सबैभन्दा धेरै मत ल्याएर निर्वाचित भएकी छन् । उनले २८८५ मत पाइन् । त्यसपछि पुष्पा भुसाल २७१८, आरजु राणा देउवा २५३६, अम्बिका बस्नेत २३३९, ईश्वरी न्यौपाने २२५९ मत ल्याएर निर्वाचित भएका छन् ।

त्यस्तै सरिता प्रसाईंले २०९६, रमा कोइराला पौडेल १८५८, सुशीला ढकाल आचार्य १८०४ र रंगमती शाही १७८९ मत ल्याएर निर्वाचित भए । महिलातर्फको केन्द्रीय सदस्य ९ पदका लागि ३० जनाले उम्मेदवारी दिएका थिए ।