अर्थ मन्त्री शर्मा चौरजहारी आउदै

नेपाल सरकारका माननीय अर्थ मन्त्री एवं नेकपा माओबादी केन्द्रका संगठन बिभाग प्रमुख जनार्दन शर्मा (प्रभाकर) गृह जिल्ला रुकुम पश्चिम आउनु हुने भएको छ। अर्थ मन्त्री नियुक्त भै सके पछि मन्त्री शर्मा पहिलो पल्ट जिल्ला आउने कार्यक्रम तय भएको नेकपा माओबादी केन्द्र रुकुम पश्चिमका जिल्ला सदस्य एवं दोस्रो नगर सम्मेलन आयोजक समितिका प्रचार प्रसार विभाग संयोजक खुम बहादुर खड्काले जानकारी दिनु भयो ।

नेकपा माओबादी केन्द्र रुकुम पश्चिमको मंसिर १० र ११ गते हुने पालिका सम्मेलन उद्घाटनका लागि शर्मा गृह जिल्ला आउन लाग्नु भएको हो । नेकपा माओबादी (केन्द्र)जिल्ला समन्वय समिती रुकुम पश्चिमको मंसिर ५ गतेको बैठकले  मंसिर १० गते चौरजहारी,सानिभेरी र त्रिवेणीमा पालिका स्तरिय सम्मेलन र मंसिर ११ गते मुसीकोट,आठबीसकोट र बाफिकोटमा पालिका स्तरीय सम्मेलन गर्ने निर्णय गरेको थियो । पालिका सम्मेलनको कार्यक्रम अनुसार मंसिर १० गते चौरजहारीमा आयोजना हुने दोस्रो नगर सम्मेलन उद्घाटनका लागि मन्त्री शर्मा चौरजहारी-७ नार्जी बजारमा आउन लाग्नु भएको प्रचार प्रसार विभाग संयोजक खड्काले बताउनु भयो।

नेकपा माओबादी केन्द्र चौरजहारीले मन्त्री शर्मा द्वारा उद्घाटन हुने दोस्रो नगर सम्मेलन र जन भेटघाट कार्यक्रममा सरिक भै भव्यताका साथ सफल पार्न आम सर्वसाधारणमा  हार्दिक अपिल गरेको छ ।