मुसीकोटको झडपमा घाईते प्रहरीलाई थप उपचारका लागी काठमाडौं लगियो 

शनिबार राती रुकुम पश्चिमको मुसीकोट नगरपालिका बागबजारमा युवाहरु सङ्ग को झडपमा परि गम्भीर घाईते भएका प्रहरी सहायक निरीक्षक कोमल राज बोहोरा लाई उपचारका लागि कोहलपुर लगिएको तर त्यहाँ सम्भव नभए पछि थप उपचारका लागी काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बताएको छ ।
त्यसै गरि झडपमा परि अन्य ६ जना प्रहरी पनि घाईते भएको र जिल्ला अस्पतालमा उपचार भैरहेको  प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार बागबजार नजिकै सडक छेउमा पार्किङ्ग गरि राखिएको रा १ ख २३९२ नम्बरको ट्रकलाई मदिरा सेवन गरेका युवाहरुले ढुंगा र  बोतल प्रहार गरि सिसा फुटाएको भन्ने सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट बागबजारको सयूँक्त टोली परिचालन गरि ति युवाहरुलाई नियन्त्रणमा लिन खोज्दा प्रहरी माथी नै ढुंगामुढा र बोतल समेत प्रहार भएपछि झडपको अवस्था सिर्जना भएको हो । घटना बारे थप अनुसन्धान पनि भइरहेको  प्रहरीले जनाएको छ ।

प्रहरीले सो घटनामा संलग्न भएको भन्दै ६ जना युवालाई प्रक्राउ गरेको छ । मुसिकोट नगरपालिका– ५ का २० बर्षीया नरेश पुन मगर, वडा नम्वर १ का १८ बर्षका राजनप्रकाश गिरी, सोहि ठाउँका २० वर्षीय आकाश परियार र २५ वर्षीय हरिबहादुर घर्ती, वडा नम्बर १० का २४ वर्षका खडानन्द के.सी. र रुकुम पूर्व भुमे गाउँपालिका घर भई हाल मुसिकोट नगरपालिका ५ बस्दै आएका २३ वर्षीय मर्कुश पुनमगरलाई पक्राउ गरिएको छ । खडानन्द केसीलाई भने प्रहरीले छोडिसकेको जनाएको छ ।
घटनामा संलग्न रहेका भनिएका ४ जना भने फरार रहेका छन् । धनिराम नेपाली, स्वयल बि.क. निसान पुन र बिक्कु भन्ने विकास परियार फरार रहेको र उनीहरुको खोजि तिब्र पारिएको प्रहरीले बताएको छ  ।