-मधु बाबु गौतम
मानव जाती कै चुनौतिहरुको रुपमा देखा परेको कोभिड-१९ ले थिलथिलो परेको समग्र बिश्व जगत नै लामो समयको संघर्ष र अनेकन खोज, अन्वेषण, अध्ययन, अनुसन्धान, परिक्षण र प्रयोगबाट केही रुपमा भए पनि आशिंक सफलता हात पार्दै भर्खरै टाउको उठाउने अवस्था सम्म पुगेको छ । बिश्वमान चित्रमा आफुलाई अग्रपक्तिमा राख्न सधै दौडधुप र तछाड,मछाड गर्ने शक्तिशाली राष्ट्रहरु पनि आज मानव सभ्यतामै असन्तुलन पैदा गर्ने कोभिड-१९ को चुनौती सामु घुडा टेक्नु पर्ने अवस्था सृजना भएको छ । जसको परिणाम स्वरुप मानव जातीको नियमित प्रक्रियामा नै अवरोध खडा भई राजनैतिक¸ सामाजिक, आर्थिक, धार्मिक¸ शैक्षिक¸ तथा पर्यटकिय क्षेत्रहरुले अतुलनिय क्षेति बेहोर्नु परेको अवस्था छ¸ भने समग्र बिकासको गतिमा नै अस्थिरता सिर्जना भई बिकराल समस्या देखा परेको छ । त्यसैले हर चुनौती र समस्यहरु समाधान रहित हुदैनन् तर पनि त्यसले पार्ने दिर्घकालिन र क्षतिको उचित समयमा सहि ढंगले पुर्वानुमाण एवं आवश्यक तयारी गर्ने नसक्नु नै मानव समुदायको ठुलो कमजोरीको रुपमा रहेको छ¸ जसलाई कोभिड-१९ ले प्रमाणित गरिसकेको छ ।
आज फेरी बिगत र बर्तमानको दोसाँधमा उभिएर हेर्दा कोभिड-१९ लाई परास्त पारी मानव जीवनलाई सहि लयमा फर्काउनको खातिर अनेकन चुनौतीका बिच समाधान र निकासको बाटो पहिल्याउन संघर्षरत एक्काईसौ शताव्दीको बैज्ञानिक युगले मानव समुदायमा झिनो आशाको किरणहरु देखिए पनि पुर्ण बिश्वास मान्न सकिने आधारहरु अझै सु-स्पष्ट देखिएका छैनन । आजको युगमा पनि हाम्रो पुर्खाहरुले कोभिड-१९ को प्रभावबाट भोग्न परेका समस्या र झेल्नुपरेका दर्दनाक पिडा र बेदनाहरु विद्यमान रहेका छन । तथ्यको धरातलमा उभिएर सत्यपुर्वक बोल्नुपर्दा ईतिहासको कालखण्डमा यसरी मानव सभ्यतामा नै खलल् पर्ने गरी यति ठुलो संख्यामा मानविय क्षति भएको सायदै भेटिएला । समस्याहरुसगँ मुकाविला गर्दै संघर्ष र चुनौतीका बिच ढल्दै उठेर धुलो टकटक्याउदै अगाडी बढ्ने र सफलता हात पार्ने नेपालीहरुको मौलिक पहिचान हो । जस्तो सुकै प्रतिकुल अवस्थामा पनि संयम¸ साहस¸ धैर्यता र सहनशक्ति प्रदर्शन गर्ने आम नेपाली समुदायको परम्परा नै हो । चाहे त्यो २०७२
सालको बिनाशकारी भुकम्पमा होस¸ चाहे त्यो विगतमा बिभिन्न जिल्लाहरुमा भएको प्राकृतिक बिपत्तिको अवस्थामा होस या कोभिड-१९ जस्तो स्वास्थ्य क्षेत्रमा देखा परेको हालको बिशाल चुनौति सामु होस नेपाली जनताहरुले देखाएको सावधानी¸ सजगता र त्यस्तो समस्या सँगको अभ्यस्तताको परिणाम स्वरुप भएको न्यून क्षति स्मरणयोग्य छ ।
आज नेपाली समाज उच्च मोराल र मनोबलका साथ क्रमिकरुपमा सहज बाताबरण तिर अवतरण भईरहेको देखिन्छ । समग्र मानविय क्रियाकलापहरु बिस्तारै सामान्य अवस्था तिर फर्किएर सहि मार्गमा आफ्नो पाईलाहरु बढाए तापनि हामीहरु अझै सुरक्षित र स्वास्थ्य मापदण्डको सहि रुपमा पालना गरी दैनिक जिवनलाई चलाएमान गराउन अपरिहार्य छ । नेपाली समाजमा कोरोनाले पारेको प्रभाव र नेपालीजनहरुमा बल्झिएका घाउहरुमा अझै पनि खाटाहरु परेका छैनन¸ भने यस्ता आला घाउहरु नै बेला(बेलामा चर्किएर बिगतलाई स्मृतिमा ल्याउने गर्दछन । यस बिचमा करिव १३-१४ हजार नेपालीहरुले कोरानाकै कारण अकालमा ज्यान गुमाउनु परेको छ भने विश्व भरी झण्डै ५० लाख मान्छेहरुले आफ्नो जीवन गुमाई सकेको छन यस्तो अवस्था कायममै रहे विश्वमानव जातीमा ठूलो क्षति हुने सत्यलाई नकार्न सकिन्न । त्यसैले यस्ता जिबन भोगाईका कठिन र अविष्मरणिय क्षणहरुलाई स्मृतिका पानाहरुमा संगाल्दै पुनस् मानव सभ्यतालाई यथास्थितिमा फर्काउने कार्य हाम्रा
अगाडि अवसर र चुनौतिको रुपमा खडा भएको छ । परिणामतस् बिरक्तियका मनहरुबाट अंकुराएका झिना आशाहरु बटुल्दै अदम्य शाहस र थप उर्जाका साथ सार्थक जिबनयापन गर्न सौभाग्य प्राप्त हुनेछ । त्यसैले सम्पुर्ण मानवहरु बिचको रिसराग¸ द्धेष¸ होडबाजी¸ छुवाछूत¸ भेदभाव र ब्यक्तिगत स्वार्थ भन्दा माथि उठी समग्र समाज निर्माणमा एकाकार र समाहित हौ¸ जसले समस्त मानव जातीको कल्याण गरोस ।
बिगतबाट पाठ सिकेर बर्तमानलाई स्वीकार्दै भविष्यका बारेमा सोच्नु नै मानव जातिको लागी श्रेयष्कर ठहर्छ । कोरोना महामारीको लामो त्रास र भयबाट पिल्सिएका नेपाली समुदाय अझै सामान्य अवस्थामा फर्कि नसकिरहेको अवस्था छ । यसै बिच हाम्रो सम्मुखमा बडादशै¸ शुभ दिपावली¸ नेपाल संवत र छठ जस्ता पर्वहरु एकपछी अर्को गर्दै सम्पुर्ण नेपालीहरुको घरदैलोमा प्रवेश गरिरहेका छन । खास गरि दशहरा¸ बडादशै¸ बिजयादशमी¸ आयुध पुजा जस्ता नामले चिनीने शुक्ल पक्षको प्रदिपदा देखि दशमी र त्यसपछी कोजाग्रत पुर्णिमा सम्म मानीने दशैलाई बिशेष पर्वको रुपमा लिईन्छ । भगवान रामचन्द्रले रावण माथी बिजय प्राप्त गरेको यस पर्वलाई असत्य माथि सत्यको र दानविय शक्ति माथि दैवी शक्तिको बिजय प्राप्त गरेको उत्सवको रुपमा मनाईन्छ ।बिगत बर्षहरुमा झै महामारी र बिपदबाट सिर्जित परिस्थितिजन्य अवस्थाले गर्दा यसपाली सबैका घरमा पहेला जमराहरु नउम्रन सक्छन¸ दहिमा रातो टिका नमुछीन सक्छ¸ निधारमा टिका अनि आशिर्वाद दिने अग्रजहरुको अनुपस्थिती हुन सक्छ¸ वारिमा फुलेका मखमली र हजारी फूलहरु धागोमा नगाँसिएरै ओईलाउन सक्छन¸ नवदुर्गा माताको लागी राँगा¸ बोका¸ कुखुरा र हाँसका बलिहरु नचढाईन सक्छन¸ आकाशमा चंगाहरु नउड्न सक्छन¸ लिङ्गेपिङ्गहरु नबाटिनसक्छन त्यसैले भत्किएका र टुटेका मनहरुलाई टेकासो लगाएर जोड्दै¸ फूटेका भाग्यहरुलाई संगाल्दै छुटेका आफन्तहरुलाई चिरस्मरण गर्दै पुछीएका सिउदाहरु रंगाउदै रित्तिएका कोखहरु भर्दै बिछोडीएका परदेशीहरुलाई निम्त्याउदै गुम्सिएमा मन भित्रका बह र दुखका भारीहरु बिसाउदै पिडा र बेदनाका पोकाहरु साटासाट गर्दै देख्न र भेट्न नपाएका आफन्तहरुसँग मिलन गराउदै यसपर्वले सम्पुर्ण नेपाली मन मष्तिष्कमा एउटा छुट्टै आनन्दको अनुभुती दिलाई हर्ष उल्लासको बेग्लै रौनकता र भिन्नै खुसी अनी सुख प्रदान गरोस भन्ने सुभेच्छा प्रकट गर्दछु ।
त्यसैले हामी कामना गरौँ कोरोनाको बिश्व महामारी र बिपदबाट स्वदेश तथा बिदेशमा आफ्नो जिउ ज्यान उत्सर्ग गर्ने सम्पुर्ण नेपालीहरु प्रति चिर स्मरण र हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै पिडा र दुखमा रहेका समस्त परिवार जनहरुमा समावेदना प्रकट गर्दै यस बिजया दशमी पर्वले शोकलाई शक्तिमा बदल्ने थप शाहस र उर्जा प्रदान गर्नेछ । मानव जिवन चक्रमा आईपर्ने आशु(हासो¸ मिलन-बिछोड र दुख-सुखको बिचबाट माथि उठी सहज¸ सरल र सभ्य ढंगबाट बिजयादशमीलाई स्वागतका साथ भित्र्याउदै हालको अस्वभाविक अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्डको पुर्ण पालना गरौ र परापुर्व काल देखी चल्दै आएको हिन्द धर्म र संस्कृतीको सम्मान¸ अनुसरण सम्बर्द्धन गर्दै सामान्य र सौहार्दपुर्ण वाताबरणमा यसपालीको दशै मनाएर बिदाई गरौँ ।त्यसैले आउनुहोस हामी पनि भाग्य भरोसाले बाँचीएछ भने आगामी बर्षहरुमा हाँसि खुसिका साथ सँगसँगै बसेर चाड पर्व मनाउने बाचा र बिश्वासका साथ सम्पुर्ण स्वदेश तथा बिदेशमा रहनु भएका समस्त नेपाली आमा-बुवा¸ दाजु-भाई तथा दिदि-बहिनीहरुमा सुख¸शान्ति¸समृद्धी¸सु-स्वास्थ्य¸ दिर्घायु एवं उत्तरोत्तर प्रगतीको कामना सहित शुभकामना साटासाट गर्दै विजयादशमी २०७८ मनाऔँ ।
सबैमा हार्दिक शुभकामना ।
हेलो कर्णाली । २२ आश्विन २०७८, शुक्रबार १०:४८