बाटोमा भेटिएको रकम जसको हो उसैलाई फिर्ता

जाजरकोटका दुई इमान्दार युवाले बाटो मा भेटिएको एक लाख सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेका छन् ।

कुशे गाउँपालिकाका सुवास सिंह र भेरी नगरपालिकाका धर्म चन्दले जिल्लाको गैरिखाली स्थित सडक बाटोमा गत शुक्रबार बेलुका कागजमा बेरेको अवस्थामा फेला पारेको रकम प्रहरीको रहोवरमा सम्वन्धित व्यक्तिलाई बुझाएका हुन । बाटोमा रकम भेटेपछि सोहि दिन सो रकम ती युवाले प्रहरीलाई बुझाएका थिए ।

भारतमा मजदुरी गरि दशैँ मनाउन घर फर्केका कुशे गाउँपालिकाका धर्मे सार्कीले रकम हराएको भन्दै प्रहरीमा खबर गरेपछि भेटिएको रकम उनको भएको एकिन गरी हस्तान्तरण गरिएको जाजरकोट प्रहरीले जनाएको छ। सार्की सो बेलुका मदिराको नशाका भएका कारण रकम हराएको हुन् सक्ने प्रहरीले अनुमान गरेको छ ।आफ्नो हराएको रकम भेटाई दिएकोमा खुसी ब्यक्त गर्दै सार्कीले प्रहरी र ती युवाहरु लाई धन्यवाद दिएका छन् ।