भारतको सिम्लामा चौरजहारीका युवा माथी निर्घात कुटपिट, अवस्था गम्भीर

फोटो: सामाजिक सञ्जाल

मजदुरीका लागी भारत पुगेका चौरजहारी नगरपालिका वडा न १२ सानाखोलाका युवा दीपक शर्मा माथी सिम्ला जिल्लाको आनी शिंगानमा निर्घात कुटपिट भएको र उनको खुट्टा भाचिएको भिडियो सामाजिक सञ्जालमा भाईरल भएको कुरा त्यहाका स्थानीय समाचार माध्यमले जनाएका छन ।


मजदुरीका लागी चौरजहारीकै साथीभाई संग सिम्ला पुगेका शर्मा लाई, सामान्य विवादलाई लिएर स्थानीय वागवान द्वारा निर्घात कुटपिट गरिएको,उनको देब्रे खुट्टा भाचिएको र अहिले अस्पतालमा उपचार भैरहेको भारतीय समाचारहरुले बताएका छन ।


घटना पछी प्रवासी मजदुर युनियनले आनीका  एसडिएमलाई ज्ञापनपत्र बुझाउदै दोषीलाई कारबाही र घाईतेको निशुल्क उपचार साथै क्षतिपूर्ति माग गरेको छ। माग पुरा नभए प्रवासी मजदुर युनियनले आन्दोलनमा जाने बताएको छ ।