जिपले ठक्कर दिदा सल्यानमा ५ जना बिद्यार्थी गम्भीर घाइते भएका छ्न। जिल्लाको शारदा नहरपालिका- १ मा रहेको शिबजन माबिमा अध्ययन गर्न जादै गरेका बिद्यार्थिलाई थारमारे बाट आउदै गरेको लु २ च ५७०१ नं. को जिपले बरला नजिकै ठक्कर दिएको प्रहरिले बताएको छ।
दुर्घटनामा परेर शारदा नगरपालिका- ६ कि १८ बर्षिय मिना परियार, करिब १८ बर्षकि रेखा बुढाथोकी, १५ बर्षकी सुशिला नेपाली, १८ बर्षकी दिपा बुढाथोकी र बर्ष १८ कै सुनिता नेपाली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
दुर्घटनामा परेर घाइते भएका बिद्यार्थीहरुलाई श्रीनगरमा सामान्य उपचारपछि थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको छ ।
सडकको छेउको सल्लाको छहारीमा सितल बसेका अवस्थामा तिव्र गतिमा आएको जिपले बिद्यार्थीहरुलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए। जिप ओभर स्पिडका कारण दुर्घटना भएको र जिप चालक लाई प्रहरीले कार्यालय नियन्त्रणमा लिएको छ। घाइते बिद्यार्थी हरुको मुख र छातिमा चोट लागेको प्रहरिले बताएको छ।

हेलो कर्णाली । १५ आश्विन २०७८, शुक्रबार १३:०५