राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष सहकारी तथा लघुवित्तीय संस्थाको संकट र समाधानका उपाय समेटिएको प्रतिवेदन बुझाउने भएको छ।
आज बिहान १० बजे प्रतिवेदन बुझाइने रास्वपाले बताएको छ।
पार्टी उपसभापति स्वर्णिम वाग्ले नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री प्रचण्डलाई प्रतिवेदन बुझाउन लागेको हो।
रास्वपाको अर्थ तथा नीति विभागले सहकारी तथा लघुवित्तीय संस्थाको संकट र समाधानका उपायसम्बन्धी अध्ययन र प्रतिवेदन तयार पार्ने जिम्मा पाएको थियो।
विभागले माघ १५ गतेभित्र प्रतिवेदन तयार पारी सरकारलाई बुझाउने जिम्मा पाएको थियो।
विभागमा सुरेशकुमार कर्ण, सुशील खड्का, भोजन अर्याल, सिर्जना केसी सदस्य छन् ।
हेलो कर्णाली । १ फाल्गुन २०८०, मंगलवार ०९:१२