रुकुमेली सेवा समाज नेपालगंजको अध्यक्षमा दिपेन्द्र खड्का चयन

रुकुमेली सेवा समाज नेपालगंजको  अध्यक्षमा दिपेन्द्र खड्का सर्वसम्मत चयन हुनु भएको छ ।
शनिबार बाँकेको नेपालगंजमा करिब ५०० को उपस्थितिमा  भएको रुकुमेलीहरुको पहिलो भेलाले खड्का नेतृत्वमा १९ सदस्यीय नेपालगंज उपमहानगर कार्यसमिति  र ११ जनालाई जिल्ला प्रतिनिधि सर्वसम्मत रुपमा चयन गरेको हो ।

रुकुम पश्चिमको  चौरजहारी नगरपालिकाका स्थायी बासिन्दा रहनु भएका दिपेन्द्र खड्का विगत १५ बर्ष देखि नेपालगंजमा  आफ्नै व्यापार व्यावसायका साथै समाजसेवा सक्रिय रहदै आउनु भएको छ ।

जन्मथलो रुकुम भए पनि विभिन्न कारणले बाँकेमा बसिरहनु भएका रुकुमेली बीच सद्भाव र एकताको सन्देश दिन वि.स. २०७९ मा जिल्ला प्रशासन कार्यालय बाँकेमा विधिवत दर्ता भई कार्यसम्पादन गर्दै आएको रुकुमेली सेवा समाज बाँकेले विधान बमोजिम जिल्लाका सबै पालिकामा सदस्यता वितरण र पालिका कार्यसमिती चयन गर्ने कार्यक्रम अन्तर्गत शनिबार नेपालगंजमा भेला आयोजना गरिएको थियो । अन्य पालिकाको भने यस अघि नै भेला आयोजना गरि कार्यसमिती र जिल्ला प्रतिनिधि चयन गरिसकिएको  छ ।

कुनै पनि राजनितिक दलको पक्ष पोषण नगरी गैर नाफामूलक रुपमा विशुद्ध समाजसेवाको लागि संचालन हुने संस्था भएकाले सदस्यता लिन छुट्नु भएका र विभिन्न कारणले सम्पर्क गर्न नसकिएका रुकुमेलीहरु सम्पर्कमा रही  सदस्यता लिईदिनु हुन नव निर्वाचित अध्यक्ष दिपेन्द्र खड्काले अनुरोध गर्नुका साथै बिधि बिधानमा  रहि सबै संग हातेमालो गर्दै रुकुमेली दाजुभाइ दिदीबहिनीको दुख सुखमा साथ दिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।